
नुवाकोटमा बसको ठक्कर श्रीमतीको मृत्यु श्रीमान घाइते ।


- नुवाकोट जेठ ५ , नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ राउतवेसीमा तिब्र गतिमा अाएको बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पती मध्ये श्रीमतीको उपचारको क्रममा ज्यान गएको छ । समुन्द्रटारतर्फ आइरहेको बा २ ख ६३८१ नम्बरको बसले बागमती प्रदेश ०२, ०२ प ४८५८ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीको ठक्करले अक्सर तामाङ र उनकी श्रीमती रुपसानी तामाङ घाइते भएका थिए ।
घाइते श्रीमती रुपसानी तामाङको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमान अक्सरको भने टाउको र खुट्टामा चोट लागेको छ । घटनाका बस चालकलाई बससहित पक्राउ गरी इलाका प्रहरी कार्यालय खरानीटार तादीमा राखिएको छ ।