
नेकपा (बहुमत)को कालो सुचिमा परे पर्यटक व्यवसायी कर्ण शाक्य।


सार्वजनिक जग्गा दोहन गरी एक छत्र राज गरी आफ्नो अड्डा जमाएर त्यसको ब्यापारीक लाभ लिने र राज्यलाइ खरब भन्दा बढी ऋणको भारी बोकाइ देशलाई नै कंगाल बनाउने कुख्यात ब्यापारीहरुका बिरुद्ध नेकपा (बहुमत) पार्टीले नयाँ जनकारबाही अभियानको थालनी गरेको छ।
नेपालका नामी पर्यटक व्यवसायी कर्ण शाक्यले संचालन गरेको पोखराको फेवाताल किनारमा रहेको वाटर फ्रण्ट होटलको पर्खाल नेकपा (बहुमतले) भत्काइदिएर नयाँ जन कारबाही अभियान थालनी गरेको हो। शनिवार कास्की जिल्ला इन्चार्ज सुजन आयाम र सेक्रेटरी अनवरतको नेतृत्वमा गएको टोलीले तालको मापदण्ड मिचेर बनाइएको उक्तपर्खाल यसअघि सर्वोच्च अदालतले गरेको फैसला र तत्कालिन नगर विकास समितिको टोलीले तयार पारेको प्रतिवेदन कार्यान्वयन नगरेको र त्यसको पुरै व्यवस्था गरेको भन्दै नेकपा (बहुमतले ) त्यसको बिरोध स्वरुप सुरुवाती चरणको कारबाही गरेको हो। निवर्तमान मेयर मानबहादुर जिसी र व्यवसायी कर्ण शाक्यलको मिलेमतोमा उक्त एरिया हडपेको नेकपा (बहुमतले) दाबी गरेको छ। सर्वोच्च अदालतले गरेको फैसला माथि कानुनको धज्जी उडाएको र चल्तीको उखान ठुुलोलाई ऐन सानालाई चैन भने झै यो घटना बाट प्रमाणित भएको छ।