नेपालकै पहिलो बाल शल्य चिकित्सा फेलोशिप कार्यक्रम ईशान अस्पतालमा सफलतापूर्वक सम्पन्न।

0
31

शुक्रबार, १६ जेठ २०८२, १९ : १

राजन थापा,   ईशान बाल तथा महिला अस्पताल प्रा.लि.ले गर्वका साथ सूचित गर्दछ कि नेपालमा पहिलो पटक सञ्चालनमा आएको बाल शल्य चिकित्सा क्लिनिकल फेलोशिप कार्यक्रम सफलतापूर्वक पूरा भइसकेको छ।

।यो कार्यक्रम अस्पतालको पहिलो फेलोशिप कार्यक्रम मात्र नभई नेपाल मेडिकल काउन्सिल (NMC) बाट अनुमोदित पनि भएको नेपालकै पहिलो कार्यक्रम हो।

डा. धन बहादुर श्रेष्ठले प्रा.डा. रामनन्दन प्रसाद चौध्रीको नेतृत्वमा, अप्रिल १३, २०२४ देखि अप्रिल १३, २०२५ सम्मका लागि सञ्चालन भएको तालिममा सफलतापूर्वक अध्ययन पुरा गरेर फेलोशिप हासिल गर्न सफल हुनुभएको छ।

यस अवसरमा अस्पतालले डा. श्रेष्ठलाई सफलतापूर्वक तालिम पूरा गरेकोमा बधाई तथा उज्जवल भविष्यको शुभकामना व्यक्त गरेको छ। साथै, कार्यक्रमको प्रचार-प्रसारमा सहयोग गर्ने सबै सञ्चारकर्मी, पत्रकार तथा सरोकारवालाहरूप्रति आभार प्रकट गरेको छ।

अस्पतालले आर्थिक रुपमा कमजोर वर्गका बिरामीहरूको सहायताका लागि आफ्ना बेडमध्ये १० प्रतिशत भाग निशुल्क उपलब्ध गराउने योजना पनि जारी राखेको जानकारी दिएको छ।

ईशान बाल तथा महिला अस्पतालले आगामी दिनमा पनि यस्ता गुणस्तरीय राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै नेपालमा बाल स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेको छ।

LEAVE A REPLY