
नेविसंघले बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी दायर।


काठमाडौँ – राजधानी काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन का क्रममा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीमा काठमाडौँका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङ संलग्न भएको भन्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले जिल्ला प्रहरी परिसर ललितपुर मा जाहेरी दायर गरेको छ।
जाहेरीमा नेविसंघका प्रतिनिधि अशोक सिंह विष्ट ले हस्ताक्षर गर्दै भनेका छन् कि, प्रदर्शनका क्रममा केही विद्यार्थीहरूलाई युनिफर्ममा आन्दोलनमा भाग लिन उक्साइएको र कतिपयले सरकारी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोप लागेको छ। जाहेरीमा स्पष्ट रूपमा उल्लेख छ:
यसअघि पनि सुदन गुरुङको नेतृत्वमा रहेको समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनका गृहमन्त्री रमेश लेखक विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा मुद्दा दायर गरिसकेको छ।
तर सुदन गुरुङले आफ्ना नाममा लागेका आरोपहरू अस्वीकार गरेका छन्। उनले पत्रकारसँगको संवादमा भनेका छन् कि, हामी हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौ र आन्दोलन शान्तिपूर्ण ढाँचामा जारी रहनेछ। गुरुङले दलहरूलाई पनि जनतालाई विभाजनमा नफाल्ने चेतावनी दिएका छन्।