
ने.क.पा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं सम्मेलन भब्य रुपमा सम्पन्न।


काठमाडौं । धर्बेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । कास्कीको पोखरामा आइतबार सम्पन्न भएको उक्त सम्मेलनले वीरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारी सहित ७५ सदस्य केन्द्रीय समिति गठन गरेको हो।
जसअनुसार उपाध्यक्षमा रुपा बुढामगर, डीबी बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिवमा डीबी शाही, रमेश सुनार, गोबिन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार निर्वाचित भएका छन् ।
संगठनका २३ औं राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजक मिलन राईको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अथिती नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रहेका थिए । त्यस्तै संगठनका पूर्व अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, पूर्व महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक इन्चार्ज अनन्त, कास्की इन्चार्ज सुजन आयाम लगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।