ने.क.पा (बहुमतले) गर्यो, बाढी पहिरो पिडितलाई राहत वितरण।

0
32

काठमाडौं :धर्मेन्द्र बास्तोला  नेतृत्वको  ने.क.पा  (बहुमतले)  मनसुनी प्रणालीमा आएको परिवर्तन र भारी वर्षाको कारण राजधानी बाहिर र राजधानी संग जोडिएको  जिल्लामा बाढी र पहिरोको प्रकोप बाट ठुलो क्षति भएका बाढी तथा पहिरो पीडितलाई राहत बितरण गरेको छ।

काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं ७ को सुन्दरबस्ती स्थित सुकुम्बासी बस्तिमा रहेका २० घरधुरीलाई नेकपा (बहुमत) ३ नं ब्युरो (बागमती) अन्तर्गत उपत्यकाका जिल्लाहरुको पहलकदमीमा  ब्यूरो इन्चार्ज क. लाल बिसिक नेतृत्वमा राहत हस्तान्तरण गरिएको हो  ।

त्यसैगरी  काठमाडौ जिल्ला सेक्रेटरी गोकुल पराजुलीले  विपन्न परिवार र त्यस्ता व्यक्तिहरुको घाउमा मल्हम लगाउने पार्टीले प्रयास गरेको  बताउनु भयो ।पनौती नगरपालिकाको बाढी पहिरो पीडित परिवारलाई काभ्रेको बनेपा नगरपालिका वार्ड नं. ७ मा  रहेका सुकुम्बासी पीडितहरु आफन्तको घरमा आश्रय लिइरहेका बिपन्न परिवारलाई सबै जुटेर  सहयोको हात अघि बढाउन  हार्दिक अपिल गरेको छ।  बगर खोलामा आएको बाढी र पहिरोका कारण सो ठाउँका दुई जनाले ज्यान गुमाएका थिए भने झण्डै चार दर्जन घर क्षति भएको थियो । घर, गोठ, वस्तुभाउ, अन्नपात गुमाउन पुगेका छन् ।

 

 

LEAVE A REPLY