
पक्राउ परेका कमल थापा, दीपक सिंहसहित सात जना रिहा हुने, डा. राजीव झामाथि मुद्दा दायर गर्ने तयारी।


पक्राउ परेका कमल थापा, दीपक सिंहसहित सात जना रिहा हुने, डा. राजीव झामाथि मुद्दा दायर गर्ने तयारी।
काठमाडौँ, जेठ १८ – आइतबार राजधानीमा आयोजित राजसंस्थाप्रतिको समर्थनमा गरिएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र सांसद दीपक सिंहसहित सात जनालाई रिहा गर्ने तयारी गरिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार थापा र सिंहसहित अन्य ६ जनालाई छाड्ने प्रक्रिया अगाडि बढाइएको छ। यद्यपि, डा. राजीव झालाई भने तत्काल रिहा नगर्ने र उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार, पक्राउ परेका आठ जनामध्ये रौतहटका ४५ वर्षीय डा. झाबाट मापसे (मादक पदार्थ सेवन) गरिएको पुष्टि भएको छ। यही कारण उनलाई छुट दिन नमिल्ने निर्णयमा प्रहरी पुगेको हो।
राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका अन्य व्यक्तिहरूमा ललितपुरकी ६२ वर्षीया शिला राणा, भक्तपुरका रामचन्द्र लामिछाने, सरोज तिमिल्सिना, र टोखाका बिनोद कपाली रहेका छन्। उनीहरूलाई आन्दोलनका क्रममा पक्राउ गरिएको थियो।
प्रहरीका अनुसार आन्दोलन शान्तिपूर्ण भए पनि केहीले शृङ्खलाबद्ध रुपमा नियम उल्लङ्घन गरेकाले कानुनी प्रक्रिया अपनाइएको हो। रिहा हुने सातजनालाई सर्तसहित छोडिने जनाइएको छ