पदको भीडमा आन्दोलनको आत्मा जोगाउन सकिन्छ?” — महेश बस्नेत ।

0
53

पदको भीडमा आन्दोलनको आत्मा जोगाउन सकिन्छ?” — महेश बस्नेत ।

YCL को ७४ सदस्यीय कार्यसमितिमा २२ उपाध्यक्ष, १९ उपमहासचिव, ३१ सचिवको नियुक्ति— महेश बस्नेतद्वारा पद लोलुपता र संगठनात्मक अराजकताप्रति कटाक्ष।

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन युवा कम्युनिस्ट लिग (YCL) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट ७४ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ, जसमा २२ उपाध्यक्ष, १९ उपमहासचिव, ३१ सचिव नियुक्त भएका छन्।

पदको यो ‘असमानुपातिक वितरण’ले YCL नेतृत्व चयनभन्दा बढी पदको कुम्भ मेलाजस्तो दृश्य प्रस्तुत गरेको टिप्पणीहरू राजनीतिक वृत्तमा सुनिन थालेका छन्। यस्तो अस्वाभाविक संरचनाले माओवादी आन्दोलन र यसको जनसंगठनहरूमा बढ्दो पद लोलुपता, अवसरवाद र संगठनात्मक अराजकताका गम्भीर संकेतहरू देखाएको विश्लेषकहरू बताउँछन्।

एक समय वर्गीय संघर्ष र जनअधिकारका मुद्दाहरू उठाउँदै सशस्त्र संघर्षमार्फत स्थापित भएको यो संगठन अहिले पद बाँडफाँडमै राजनीतिक अभ्यास सीमित गर्न थालेको आभास दिएको छ।

राजनीतिक आन्दोलनले उठाएका मूल मुद्दाहरू ओझेलमा परेका छन्। संगठनको मूल्यांकन राजनीतिक शुद्धता, मार्गदर्शन वा सिद्धान्तको गहिराइबाट होइन, कति पद बाँडियो भन्ने संख्याबाट हुन थालेको अवस्था निकै विडम्बनापूर्ण भएको देखिन्छ।

यद्यपि, निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई व्यक्तिगत रूपमा शुभकामना दिँदै, कतिपयले एक गम्भीर प्रश्न पनि उठाएका छन्—
“के तपाईंहरू यो पदको भीडमा आन्दोलनको आत्मा जोगाउन सक्नुहुन्छ?”

LEAVE A REPLY