परराष्ट्रमन्त्री डा. आरजु राणा हङकङ भ्रमण सम्पन्न गरी स्वदेश फर्किन्।

0
10

परराष्ट्रमन्त्री डा. आरजु राणा हङकङ भ्रमण सम्पन्न गरी स्वदेश फर्किन्

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा सम्पन्न अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भई स्वदेश फर्किएकी छन्। नेपालले सो कार्यक्रममा पर्यवेक्षकको रूपमा सहभागिता जनाएको थियो।

उक्त समारोहमा ३२ मुलुकले हस्ताक्षर गरे भने ५० भन्दा बढी देश र २० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूको उपस्थिति थियो। भ्रमणका क्रममा मन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, परियोजना समयमै सम्पन्न गर्ने र ७० औँ कूटनीतिक सम्बन्ध वर्षगाँठ विशेष रूपमा मनाउने विषयमा छलफल गरिन्।

उनको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका भृगु ढुंगाना, हङकङस्थित महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलगायत अधिकारीहरू सहभागी थिए।

LEAVE A REPLY