
पर्यटन मन्त्रीले करोडौं कमिसन रकम खाएर क्यासिनोको अनुमति दिएको कांग्रेस सांसद राजेन्द्र बजगाईँको गम्भीर आरोप।


मन्त्री पाण्डेले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गरेको समेत उनले रहस्य खुलाएका छन् । व्यवसायीले कांग्रेस नेताको घरमा पुर्याएको त्यो पैसा फिर्ता पठाएको र मन्त्री पाण्डेले क्याका भ्रष्ट कर्मचारी हटाउन चाहन्थेँ तर, सभापति र उनका परिवारले दिएनन् भनेर भ्रम छरेको पनि उनले बताएका छन् ।
मन्त्री आफू कमिशन खान्छ अरुको स्पोन्सर प्रचार गर्छ। हामी समकक्षी सुभाष म सुशान्तसँगै थियौ । एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे।
दृष्टान्तः मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गर्यों उपरोक्त नेताले त्यो पैसा फ़िर्ता पठायो। मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थे सभापति र वहाँको परिवारले दिएनन् भन्दै हिंड्छ, यो झूठ हो किनभने सभापति गृह परराष्ट्र मन्त्री आफै क्यान छुट्याउने विषयमा आफै प्रधानमन्त्रीलाई ब्रीफ गर्दैगरेको १५ औं सांसद साक्षी छौं । उन
यो तल पूरानो क्यासिनो कम्पनीको फोटो छ। मन्त्री भैसकेपछि उसको आदेशको नयाँ अनुमति छ। यहाँ सम्मानित अदालतको फैसला पनि छ। भैरहवा विमानस्थलको बारेमा मेरो विचार काटकूट गरेर प्रसारण गरेर आँधीले नहल्ने यो राजेन्द्र बजगाई एक पाईला हल्लदैन।
मन्त्री पाण्डे र अधिकारीहरूले भैरहवा विमानस्थल कसरि चल्छ पूर्वतयारी भएन भएन भन्ने मेरो विचारलाई भैरहवा विमानस्थल चल्दा राजेन्द्र बजगाईको विरोध भनेर स्पोन्सर प्रचार चलाएका रहेछन्। उनलेे समाजिक संजाल मार्फत लेखेेका छन् ।