पशुपतिनाथको इतिहासमै पहिलोपटक महाअनुष्ठान सुरु, थापा संग बि पि स्मृति सामुदायिक अस्पताल पनि निःशुल्क स्वास्थ्य सेवा जाेडिदै

0
14

पशुपतिनाथको इतिहासमै पहिलोपटक महाअनुष्ठान सुरु, थापा संग बि पि स्मृति सामुदायिक अस्पताल पनि निःशुल्क स्वास्थ्य सेवा जाेडिदै

काठमाडौं, राजन थापा साउन ३ –
पशुपतिनाथ मन्दिरको इतिहासमा पहिलोपटक आयोजना गरिएको “श्री पशुपतिनाथ महात्म्य तथा महाअनुष्ठान २०८२” अहिले भव्य रूपमा चलिरहेको छ। यो महाअनुष्ठान विभिन्न धार्मिक तथा सामाजिक संस्थाको सहकार्यमा सम्पन्न हुँदैछ, जसमा भक्तजनका लागि निःशुल्क स्वास्थ्य सेवा पनि सञ्चालन गरिएको छ। स्वास्थ्य सेवा कार्यक्रमको संयोजन पत्रकार तथा सामाजिक अभियन्ता राजन थापाले गरेका छन्। थापाको अगुवाइमा यो सेवा अनुष्ठान अवधिभर निरन्तर जारी रहनेछ।
स्वास्थ्य सेवामा मुख्य भूमिका
निःशुल्क स्वास्थ्य शिविरमा ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाले प्रमुख भूमिका निभाएको छ। अस्पतालका तर्फबाट डा. गौरी श्रेष्ठ, शाखा प्रमुख सबिना पपन गुरुङ, सहायक जुनु पण्डित र दुर्गा न्यौपाने सक्रियतापूर्वक सेवा दिइरहेका छन्। साथै, स्तुपा अस्पताल, चाहँवेलबाट दिपि तामाङ, अस्मिता लामा शेर्पा, अल्का सुब्बा र सोफी मगर सहितको टोलीले पनि शिविरमा उल्लेखनीय योगदान दिइरहेका छन्। थप चार अस्पतालको सहकार्य
राजन थापाले बताएका छन्, “सेवा गर्नका लागि मन भित्रैबाट भावना आउनुपर्छ।” यही भावना अनुरूप अब ॐ समाज डेन्टल अस्पताल, ग्रीनसिटी अस्पताल, ईसान महिला तथा बाल अस्पताल र बिपी स्मृति सामुदायिक अस्पतालले पनि महिना भर निःशुल्क सेवा दिन राजी भएका छन्। धार्मिक र मानवीय सेवाको संगम
महायज्ञमा सहभागी भक्तजनहरूले शालिग्राम शिलामा तिलक, पार्थिव शिवलिङ्ग दर्शन र हवन मण्डप पूजा जस्ता आध्यात्मिक अनुभव लिइरहेका छन्।
कार्यक्रममा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समिति, श्री हिन्दु प्रतिष्ठान नेपाल, ॐकार महाअभियान करौली शंकर पुर्वज मुक्ति धाम, र ॐ सनातन बोन झाँक्री संघ नेपाल लगायत संस्थाहरूको सक्रिय सहभागिता छ कथावाचन पक्षमा
९ वर्षीया दीपसना सापकोटा, १५ वर्षीया अभियान देवी, पण्डित केदारनाथ देवकोटा, पण्डित नेत्र प्रसाद पराजुली र पण्डित टीका सुवेदीले धार्मिक कथा वाचनमार्फत वातावरणलाई श्रद्धामय बनाएका छन्। सन्देश र समर्पण
आयोजक टिमका अध्यक्ष सागर थापा भन्छन्, “यहाँ आउनुहोस्, कथा सुनौं, सेवा गरौं। हामी तपाईंलाई दान दिन अनुरोध गर्दैनौं, केवल तिल र तुलसी चढाउनुहोस्, तपाईंको उपस्थिति नै अमूल्य छ।” शाखा प्रमुख सबिना पपन गुरुङले भनिन्, “पशुपतिको पवित्र माटोमा सेवा गर्न पाउनु हाम्रो लागि गौरवको कुरा हो। हामी श्रद्धा र हर्षका साथ सेवा गरिरहेका छौं।” यो महाअनुष्ठानले धार्मिक, सामाजिक र मानवीय सेवाको त्रिवेणी साधना प्रस्तुत गर्दै समाजमा सकारात्मक परिवर्तन र प्रेरणा फैलाइरहेको छ।

LEAVE A REPLY