पार्टी गम्भीर रोगको सिकारमा परेकाले यसको चाडै सर्जरी हुने। डाक्टर मुकुल ढकाल

0
18
१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टी गम्भीर रोगको सिकारमा परेकाले यसको  चाडेै सर्जरी गर्ने पर्ने  निश्कर्ष निकालेका छन् ।

साथै तत्काल सर्जरी नगरे ०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि कठिन रहेको निश्कर्षसहितको प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका छन् ।

 विगतमा जुनसुकै कुरा लेखे पनि अबका दिनमा पार्टीले किन्तु परन्तु केही नलगाई प्रदेश खारेज गर्नपर्छ भन्ने पक्षमा उभिनुपर्छ’, उनले भने ।

इलाम २ को उपनिर्वाचनको निराशाजनक परिणामपछि रास्वपा सचिवालय बैठकले देशभरको जनमत बुझ्न महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो । महामन्त्री डा. ढकालले समीक्षा यात्राको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाउँदै पार्टीले चाल्नुपर्ने कदम सुझाएका हुन् ।

महामन्त्री ढकालले पुराना दलभन्दा स्वतन्त्रहरूसँग सहकार्यको हात बढाउनु रास्वपाको हितमा रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले स्वतन्त्र मेयरहरू बालेन्द्र साह, गोपी हमाल, हर्क साम्पाङको नाम उल्लेख गरेर सहकार्य जरुरी भएको औँल्याएका छन् । पार्टीको जनमत खस्किँदै गएको र निर्मम कदम नचाले ०८४ मा राष्ट्रिय पार्टी बन्न हम्मे पर्ने र विवेकशील पार्टीजस्तै हालत बन्ने भन्दै महामन्त्रीले सचेत पनि गराएका छन् ।

प्रतिवेदनमा स्वतन्त्र पार्टीको मर्म हराएको, अन्य पार्टीभन्दा फरक हुन नसकेको, पुराना शक्तिसँगै सम्झौता गरेर अगाडि बढेको, सांसददेखि मन्त्रीसम्मको भूमिका कमजोर भएको भनेर निर्मम समीक्षा गरिएको छ । प्रतिवेदनमा प्रदेश संरचना खारेजी, बलियो स्थानीय सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रशासन सुधारसम्ममा पार्टीले संशोधन गर्नुपर्ने एजेन्डाहरूको बारेमा पनि औँल्याइएको छ ।

महामन्त्री ढकालले देशभरका कार्यकर्ता तथा शुभेच्छुकको वस्तुगत सुझावका आधारमा तयार पारिएको प्रतिवेदन सभापतिलाई बुझाएको बताए । उनका अनुसार ३२ पृष्ठको प्रतिवेदन कार्यान्वयन गरेर जानु स्वतन्त्र पार्टी तथा देशकै लागि हितकर हुनेछ ।

महामन्त्री ढकालनिकट एक नेताका अनुसार प्रतिवेदनमा सभापति लामिछानेसहित मन्त्रीहरू, सांसदहरूको भूमिकाको कडा आलोचना छ । मन्त्रीहरूले बजेट बनाउँदा सम्झौता गरेको, बजेटमा कमजोरी गरेको विषय पनि समेटिएको छ । ‘पार्टी बनाउँदा के सोचेर बनायौँ, अहिले कहाँ छौँ, मन्त्रीहरूले कहाँ त्रुटि गरे, सांसदहरूले कहाँ बिराए, ग्राउन्डले कसरी हेरिरहेको छ, यथार्थ के हो, हामी कुन भ्रममा छौँ भन्ने पनि समेटिएको छ,’ ती नेताले भने, ‘पार्टी सक्किने चरणमा गयो ।हामी फरक हुन सकेनौँ । फरक गर्ने भनेर आएको हो । फरक हुने लाइन बिर्सिँदै गयो भनेर खबरदारी पनि गरिएको छ ।’

६ जेठमा देश दौडाहामा निस्किएका महामन्त्री ढकालले ३८ जिल्लाका दुई हजारभन्दा बढी मतदातासँग दोहोरो अन्तक्र्रिया गरेर सुझाव लिएका थिए । महामन्त्री ढकालले पार्टीको राजनीतिक यात्राको समीक्षा गर्न देशका विभिन्न जिल्लाका पालिकाहरूमा पुगी पार्टीको संगठन, राजनीतिक चरित्र, आर्थिक व्यवस्थापन, पार्टीका नेता, उम्मेदवार छनोट तथा राष्ट्रका विविध विषयका सन्दर्भमा केन्द्रित रही अन्तक्र्रिया गरी फर्केको उल्लेख गरेका छन् ।

 

LEAVE A REPLY