
पेट्रोल र डिजेलको भाउ फेरि बढ्यो, हवाई इन्धन मूल्य घट्यो ग्यास यथावत् ।


पेट्रोल र डिजेलको भाउ फेरि बढ्यो, हवाई इन्धनको मूल्य घट्यो ग्यासको यथावत्।
काठमाडौं, जेठ १८ — उपभोक्तामाथि थप भार पर्ने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ। आइतबार बिहानदेखि लागू हुने नयाँ मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर एक रुपैयाँले बढेको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको परिवर्तनका आधारमा मूल्य समायोजन गरिएको हो। तर, उपभोक्ताले लामो समयदेखि मूल्य घटाउनुपर्ने माग गरिरहे पनि उल्टो मूल्यवृद्धि गरिएको छ।
यता, हवाई इन्धनको भाउ भने केही घटाइएको छ। खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।
लगातार बढ्दो मूल्यवृद्धिले सर्वसाधारणको जीवनयापन झनै महँगो बनाउँदै लगेको छ। यस्तो अवस्थामा आम नागरिकको ढाड सेक्ने गरि पटक–पटक हुने मूल्यवृद्धिले सरकारप्रतिको असन्तुष्टि अझै बढ्दै गएको छ।