
प्यारो लाग्छ आफ्नै सानो सहरको कोठा लेखक: प्रवेश राई


“युवाको रोदन”
प्यारो लाग्छ आफ्नै सानो सहरको कोठा
ठूलो लाग्छ आफ्नै मन भित्रको यी ब्याथा ।
खाली छैन्न ती सहरका सबै सडकको पेटी,
दिनहुुँ जस्तो खोसिन्छ यहाँ युवाहरुको रोटी ।
राजनितीमा राज मात्र गर्नेको यो सहर,
शक्ति बिनाको मानवले मर्नै पर्ने सहर।
आसा रहेछ जीवन यहाँ चल्नै पर्ने,
गरिबीको चपेटामा सधैं जल्नै पर्ने ।
न हुन्छ साकार देखेका यी सपनाहरु,
जिउदै मार्नु पर्ने रहेछ बनाई बहानाहरु ।
देशले काचुली फेरेको हेर्ने ठुलो रहर ,
खण्डन गरे पारिन्छ जेल कसरी गर्नु भर ।।
लेखक: प्रवेश राई
ठेगाना: नेचा सल्यान गा. पा. ३, सोलुखुम्बु