प्रचण्डको टिप्पणी : “राजावादी आन्दोलन पैसामा आधारित, भाडाका मान्छे देखाएर शक्ति प्रदर्शन।

0
9

प्रचण्डको टिप्पणी : “राजावादी आन्दोलन पैसामा आधारित, भाडाका मान्छे देखाएर शक्ति प्रदर्शन”

नुवाकोट ,२०८२ जेठ १७ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटमा प्रेस सेन्टरले द्वारा  आयोजित एक कार्यक्रममा बोल्दै राजावादी आन्दोलनप्रति कडा टिप्पणी गरेका छन्। उनले आन्दोलनमा सहभागीहरुको संख्यालाई भाडामा ल्याइएका व्यक्तिहरुको परिणाम भनेका छन् ।                       

प्रचण्डले राजसंस्था पुनःस्थापनाको माग गर्दै भइरहेको गतिविधिलाई गम्भीर रुपमा नलिन आग्रह गरे। “नेपाल धेरै अघि बढिसकेको छ,” उनले भने, “राजावादीले अबको मार्ग संविधानमै खोज्नुपर्छ।                               

उनको भनाइमा, “सदनभित्र संविधान अनुसार सपथ खाने, कानुनको अधीनमा बसेर सुविधाहरु भोग गर्ने अनि त्यही संविधानविरुद्ध जाने कुरा नैतिकताका दृष्टिले पूर्णतः अनुचित हो।”                                                   

पूर्वराजा ज्ञानेन्द्र शाहको नाम उल्लेख गर्दै उनले चेतावनी दिए, “धेरै चुरीफुरी नगर्नुहोस्। अहिलेको युगमा भाडामा मान्छे ल्याएर जुलुस देखाउने कुरा सामान्य भएको छ। पैसा खर्च गरेर भीड देखाउनुले जनसमर्थन प्रमाणित हुँदैन।”                                                                     

प्रचण्डले वर्तमान सरकारप्रति जनतामा असन्तुष्टि रहेको स्वीकार गर्दै भने, “हामीले आन्दोलनलाई मात्र राजावादी सन्देशको रूपमा होइन, जनआवाजको रूपमा पनि हेर्नु पर्छ।” तर उनले स्पष्ट गरे कि जनताको साँचो प्रतिनिधित्व निर्वाचनमार्फत मात्रै स्थापित हुनसक्छ।

उनको भनाइमा, “उपनिर्वाचनमा पनि राजावादी धारले जनमत पाउन सकेको छैन। चुनाव जितेर बहुमत ल्याउने हो भने सरकार बनाउने स्वतन्त्रता सबैलाई छ, तर संविधान नै खारेज गर्न खोज्नु मूर्खता हो।”

प्रचण्डको यो धारणा अहिलेको राजनीतिक बहसमा नयाँ तरंग ल्याउने देखिन्छ, जहाँ एकातिर राजसंस्थाका पक्षधरहरु आन्दोलनरत छन् भने अर्कातिर संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने पक्षधरहरु सजग छन्।

 

LEAVE A REPLY