प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित साइक्लिङ प्रतियोगिता, विजेतालाई आकर्षक नगद पुरस्कार।

0
8

प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित साइक्लिङ प्रतियोगिता, विजेतालाई आकर्षक नगद पुरस्कार।

काठमाडौ – सामाजिक सेवा र खेलकुदको प्रवर्धनमा सक्रिय प्रज्ञा स्मृति प्रतिष्ठानले  आयोजना गर्न लागेको साइक्लिङ प्रतियोगिताको तयारी पूरा भएको छ। प्रतियोगिता अन्तर्गत महिलातर्फ उत्कृष्ट प्रदर्शन गर्ने विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछिन्। साथै, दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थान प्राप्त गर्ने खेलाडीहरूले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कारस्वरूप पाउनेछन्।

प्रतियोगितामा विभिन्न विधामा प्रदान गरिने पुरस्कारको कुल राशी १२ लाख १० हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको समग्र खर्च भने ३५ लाख ३५ हजार रुपैयाँ अनुमान गरिएको छ।

स्व. प्रकाश दाहाल र स्व. ज्ञानु दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानले समाज रूपान्तरणमा उनीहरूले पुर्‍याएको योगदानलाई सम्मान गर्दै विविध सामाजिक कार्यहरू गर्दै आएको छ। प्रतिष्ठानकी निर्देशक गंगा दाहालका अनुसार, प्रतिष्ठानले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन र युवा नेतृत्व विकासमा केन्द्रित गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ।

यसअघिका तीन संस्करणसम्म साइक्लिङ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको प्रतिष्ठानले यसपटक पनि भरतपुरलाई खेलकुद पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको हो।

LEAVE A REPLY