प्रधानमन्त्री ओलीले दिए राजीनामा।

0
9

प्रधानमन्त्री ओलीले  बाट आयो    राजीनामा।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठूलो जनधनको क्षति भएपछि उनले पद त्याग गर्ने निर्णय गरेका हुन्।

भ्रष्टाचारविरुद्धको आवाज र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा सुरु भएको प्रदर्शन सरकारले दमनात्मक शैलीमा नियन्त्रण गर्न खोजेपछि आन्दोलन चर्किएको थियो। राजधानीदेखि देशका विभिन्न स्थानमा भएको आन्दोलनमा व्यापक क्षति भएको र स्थिति अस्थिर बनेपछि प्रधानमन्त्री ओलीमाथि बढ्दो दबाब सिर्जना भएको थियो।

सरकारको दमनकारी कदमप्रति आलोचना चुलिँदै गएपछि उनले सोमबार अपराह्न राजीनामा पत्र राष्ट्रपति समक्ष बुझाएका छन्। राजनीतिक दल र नागरिक समाजका तर्फबाट अबको नेतृत्वले शान्तिपूर्ण संवाद र समस्याको समाधान खोज्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY