बंगलादेशमा हिन्दु बौद्ध मार्गि माथि भएको घटना प्रति घोर भर्त्सना।

0
4

 

बंगलादेशको राजनीतिक परिवर्तन   संगै त्यहाँको  हिन्दु बौद्ध मार्गि  माथि भएको अन्याय अत्याचार बलात्कार थिचोमिचो गरिएको  घटना प्रति देशभक्त बौद्धिक सनातन हिन्दु समाजले घोर भर्त्सना जनाएको छ। आइतबार प्रेस बिज्ञप्ति जारी गर्दै समाजका अध्यक्ष चुुडा बहादुर खड्काले मानवको बाच्नु पाउने पर्ने   नैसर्गिक अधिकार माथि हनन गरेको प्रति उहाँले प्रेस बिज्ञप्ति मार्फत  बंगलादेशको  नवगठित सरकारलाई त्यस्ता कार्य तत्काल रोक्न जोडदार अपिल गर्नु भएको छ।  हाम्रो देश नेपाल सधै शान्ति पक्षमा रहेको र   गौतम बुद्ध जन्मेको भुमि  ८१% हिन्दुहरुको आस्थाको धरोहर पशुपतिनाथमा  आएर शान्ति्को पाठ सिकेर जान पनि उहाँले आग्रह गर्नु भयो ।अध्यक्ष खड्काले  बंगलादेशमा भएको सत्ता फेरबदल पछि आम जनताको भावनाको कदर गर्दै जुनसुकै अर्थमा पनि लोकतन्त्र बहाल हुनुपर्ने माग गर्नु भयो,र यसबाट नेपालका नेताहरूले पनि दलगत स्वार्थ बाट माथि उठ्नु पर्ने  नउठे बंगलादेश कै हालत अाउने उहाँको तर्क छ।

LEAVE A REPLY