बागलुङको गलकोटमा जिप दुर्घटना गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु ।

0
7

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा रा १ झ २०० नं  को सरकारी जिप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरी चौकी नरेठाँटी बागलुङमा आज  बिहान पौने ९ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा सोही गाउँपालिका वडा नम्बर- २ का वडा अध्यक्ष जसबहादुर कामी र उपाध्यक्ष बुढाको आमा गोपिमाया बुढा रहेका छन्। घाइते जीप चालक २९ वर्षीय प्रेमबहादुर पुनको भने धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ। बस ३ सय मिटर तल खसेको   थियो।

 

 

LEAVE A REPLY