बालेनको स्वकिय सचिव भूपदेव शाह र राजुनाथ पाण्डेलाई कारबाहीको माग।

0
14

काठमाडौं–  काठमाडौं महानगरपालिकाको  नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र मेयर बालेन्द्र शाह (बालेन) का स्वकिय सचिव भूपदेव शाहलाई  हदैसम्मको  कारबाहीको  माग  राखेका छन्।

स्थानीय तहकामा  क्रियाशील पेशागत संगठनहरूले चैत २१ गते महानगर कार्यालयमा भएको घटनाको छानविनको माग गर्दै कारबाही गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईसँग  समक्ष माग गरेका हुन् ।

स्थानीय तह कर्मचारी यूनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाई श्रमिक संघले कारबाहीको माग गरेका हुन् ।

तीन संगठनहरुले तीन दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गर्न माग गरेका छ।

‘कार्यालयको प्रशासनिक प्रमुखको रूपमा नेपाल सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई काठमाडौं महानगर प्रहरी बलका प्रमुख र उनका कर्मचारीहरूले प्रशासनिक कार्यमा बाधा पु¥याउने कार्य गरेका छन्, जसका कारण प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि र कर्मचारीहरूलाई धरपकड र अपत्तिजनक भनाइहरूको सामना गर्नुपरेको छ ।’, ज्ञापनपत्रमा भनिएको छ ।

‘अनधिकृत व्यक्तिले मौखिक आदेश दिने, त्यस्तो आदेश नमान्ने कर्मचारीलाई अपमानित गर्ने, धम्क्याउने प्रवृत्ति बढ्दै गएकाले यस्तो प्रवृत्ति व्यवहारिकरुपमा नै अन्त्य गरियोस् र अड्डा प्रशासनलाई प्रमुख प्रशासकीय अधिकृतमार्फत कानूनसम्मत ढंगले सञ्चालन गर्ने वातावरण निर्माण गरियोस्,’ कर्मचारी संगठनहरुको माग छ ।

LEAVE A REPLY