
बिरगंज महानगरपालिका भित्र चार किल्ला तोकेर कर्फ्यु आदेश।


नुमान जयन्तीको अवसरमा शोभायात्रा निकाल्ने क्रममा हिन्दु र मुस्लिम दुई समुदायबीच भएको झडपका कारण जिल्ला प्रशासन कार्यलयले कफूर्यु आदेश जारी गरेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोलि मध्यान्ह १२ बजेसम्म लागू हुनेगरी वीरगन्ज महानगर आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका भित्र देहाए बमोजिम चार किल्ला तोकेर कफूर्यु आदेश जारी गरेको छ।शो सिमाना भित्र भेेला कुनै प्रकारको भेला जुलुस प्रदर्शन सभा बैठक घेेराउ र आवत जावतमा रोक लगाएको छ।