

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि गत मंगलबार रूपन्देही लगिएको थियो ।
बिहीबार उनको बयान सकिएपछि आज पोखरा ल्याइएको हो ।
कास्की प्रहरी कार्यालय बाहिर नाराबाजी गर्न लागेका ७ जना राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरी कार्यालय लैजाने बेलामा नाराबाजी गर्न लागेका ७ जना पक्राउ परेका हुन्।
निषेधित क्षेत्रमा नाराबाजी गर्न लागेएपछि उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले बताएकाे छ । प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।
रविलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरामा ल्याइएको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न चौंथो पटक कास्की अदालतबाट म्याद थप भएको छ । अदालतले कात्तिक २५ गते १३ दिन हिरासतमा राख्न अनुमित दिएको हो ।