बुढानिलकण्ठ नगरपालिकाको सार्वजनिक सनुवाई कार्यक्रम सम्पन्न

0
4

४ जेठ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ देखि अहिलेसम्मको पुरा गरेकाे कामको मुल्यांकन , प्रभावकारीता, उपलब्धी एवम् नगरवासीहरुकाे सन्तुष्टी तथा गुनासो सुनुवाई विषयक अन्तरक्रिया सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । बिहान ८ बजे देखि ११ बजे सम्म संचालन भएको कार्यक्रम नगरपालिकाे प्राङ्गणमा भएको थियो, भने ‘ नगर प्रमुखको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

नगरपालिकाले गरेका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शीता सुनिश्चीत गर्नका लागी प्रत्येक ४ महिनामा सार्वजनिक सुनुवाई गर्ने गरेको नगर प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम अर्यालले बताउनु भयो । कार्यक्रम मार्फत उहाँले आ.व. २०८०/८१ श्रावण महिना देखि हाल सम्म भएका सम्पुर्ण योजना, कार्यक्रम तथा गतिविधीहरुको विवरण पेश गर्नुभयो । यस अघि माघ ०५ गते वडा नं ११ कार्यालय प्राङ्गणमा कर्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा नगरपालिकाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा १९ जना नागरिकहरुले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावहरु प्रस्तुत गर

नागरिकहरु बाट प्राप्त भएका गुनासाहरुको नगर प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा आएका सुझाबहरुको उच्च मुल्याङ्कन गर्दै नगरपालिकाको गतिविधीलाई चुस्त दुरुस्त रुपमा संचालन गर्न मद्दत पुग्ने नगरप्रमुख अधिकारीले बताउनु भयो । कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी , उपप्रमुख अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराई लगायत विभिन्न विषयगत समितिका संयोजक,सराेकारवाला, नगर सभा सदस्य, कर्मचारी सुरक्षा निकाएका प्रमुखहरु, राजनितिक दलका प्रतिनिधीहरु साथै नगरवासीहरुको उपस्थिती रहेको थियो ा

LEAVE A REPLY