बुद्धवीरको लामाको तेहौं गीती एल्वम् विमोचन सम्पन्न

0
8
  • – नन्दलाल खरेल
    पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको तेह्रौं गितिमयको एकल साङ्गीतिक कार्यक्रम तथा गीति एल्वम विमोचन सम्पन्न भएको छ । संविधान दिवसको दिन प्रज्ञा प्रतिष्ठानको भवनमा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको उपस्थितिमा सम्पन्न भएको हो । झण्डै ४ दशकदेखि गीत लेखनमा क्रियाशील लामाको ‘धेरै चोटी आँखा जुध्यो’, ‘बादलुको घुम्टोले’, ‘चलेछ बतास सुस्तरी’, ‘खुट्टा तान्दै गर’, ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘आज हाम्रो भेट भाको दिन’, ‘भुपु मायालु’ लगायत सयौं गीतहरु लोकप्रिय छन् ।
    कार्यक्रममा खानालले बुद्धबीर लामाले गीत सङ्गीत, खेलकुद तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नु भयो । कार्यक्रममा आगन्तुक सम्पूर्ण अतिथि तथा दर्शक श्रोताहरुलाई बुद्धवीर लामाले आभार प्रकट गर्दै भने, ‘म मेरो कर्तव्यमा सधैं हिडिरहेको छु । गीत सङ्गीत युगको प्रतिनिधि हो । यसले समाजका आवाजहरु, अधिकांश मानिसको मनहरुलाई छुने काम गरेको छ ।’ विभिन्न क्षेत्रमा मूलतः गीत सङ्गीत, शिक्षा तथा सामाजिक क्षेत्रमा काम गर्ने विशिष्ठ व्यक्तिहरुलाई सम्मान गरिएको थियो । शैक्षिक तथा सामाजिक सेवामा समर्पित भई देश विकासको कार्यक्रममा लगनशील, कर्मठ शिव प्रसाद घिमिरेलाई राष्ट्रिय सम्मान गरिएको थियो।

    कार्यक्रममा गायिकाहरु कुन्ती मोक्तान र सोमना प्रधानको सङ्गीत प्रस्तुतीले कार्यक्रमलाई मनोरञ्जन प्रदान गरिएको थियो । विभिन्न स्कुलबाट आएका साना साना बालबालिकाले समेत नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई भव्य र मनोरञ्जनात्मक बनाएका थिए ।

LEAVE A REPLY