
ब्रेकिङ न्युज: रवि लामिछानेलाई नख्खु कारागार भित्र्याइयो, बाहिर हजारौँ समर्थकको उर्लिएको भीड।


ब्रेकिङ न्युज
रवि लामिछानेलाई नख्खु कारागार भित्र्याइयो, बाहिर हजारौँ समर्थकको उर्लिएको भीड
काठमाडौं, ३१ साउन ।
गृह मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई बुद्ध एयरको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याई आज दिउँसो कडा सुरक्षाबीच नख्खु कारागार भित्र्याइएको छ।
लामिछानेलाई ल्याउने क्रममा कारागार परिसर अगाडि हजारौँ समर्थक भेला भई नाराबाजी गरेका थिए। ‘हामीसँगै छौँ रवि’ लगायतका नाराले कारागार क्षेत्र गुन्जिएको थियो। समर्थकहरूको उर्लिएको भीडलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
समर्थकलाई देखेर रवि लामिछानेले समेत हात हल्लाउँदै आफ्नो समर्थनलाई प्रत्युत्तर दिएका थिए। उनको उपस्थितिमा समर्थकहरू झनै उत्साहित बनेका थिए।
प्रहरीका अनुसार स्थिति नियन्त्रणमा भए पनि ठूलो भिडका कारण विशेष सतर्कता अपनाइएको छ। अदालतको आदेशअनुसार लामिछानेलाई आजदेखि नख्खु कारागारमा राखिएको हो।