भष्टचारी दलाल माफीयालाई हामी कालो मोसो दलेर देश निकाला गर्छौ।धर्मेन्द्र बास्तोला

0
24

नेकपा { बहुमत) का   महासचिव   धर्मेन्द्र बास्तोलाले  भष्टचारी तस्करी माफिया र सहकारी ठगलाई कालो मोसो दलेर देश बाटै लखेट्ने  बताउनु भएको छ।   

अनामनगर स्थित संवाद डबलीमा बुधबार गरिएको पत्रकार सम्मेलनमा पत्रकारले सोधिएको  जवाफ दिदै उहाँले संसदीय  दलाल पुजीवादी ब्यवस्थाले नै  भष्टचारको  संरक्षण गरेकाले यसको जरा नउखाले सम्म देशमा समाजबाद नआउने उहाँले ठोकुवा गर्नु भयो। पार्टी किन अलग भयो  भन्ने  पत्रकारको  प्रश्नको जवाफ दिदै उहाँले  किरण जि जडसूत्रवादी सोच बाट माथि उठ्न सक्नुभएन युवाले कम्प्युटर मागेको छ, हँसिया दिएर घाँस काट्न पठाउने वैद्य कमरेडको तरिका कति सहि होला जसले गर्दा  उहाँ संगको एकता भंग भएको कुरा स्पष्ट  पार्नु भयो। पार्टीलाई नयाँ ढंगबाट एकताबद्ध र पुर्ण  गठित गर्दै महासचिवको नेतृत्व समाल्नुभएका बास्तोलाले  बिचार धारामा एकमत हुने संग एकताको ढोका खुला रहेको बताउनु भएको छ। कांग्रेस–एमाले भ्रष्टाचारका काण्डैकाण्डमा मुछिएर आएको बताउँदै बास्तोलाले  भन्नु भयो एमाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने पार्टी हुन्, राष्ट्रिय सम्पत्ति बेचेर खानेदेखि भ्रष्टाचारका ठूलाठूला काण्डा उहाँहरूकै पालामा भएका छन्, जसले देशलाई यो अवस्थामा पुर्‍याएकोमा गम्भीर चिन्ता ब्यक्त गर्नु भयो।

LEAVE A REPLY