
भोलिको दिन यसरी हुँदैछ जीवनमा परिवर्तन – ज्योतिष सन्देश अर्याल।


भोलि मङ्गलबार मेरो ( सन्देश अर्याल ) को
जीवनमा किन कसरी र के कारणले परिवर्तन आउनेछ ? केही लेख्दैछु ।
भदौ २४ को मङ्गलबार भोलि नै हो । मङ्गलबार मङ्गल ग्रहसङ्ग जोडिएको छ ।
मङ्गल ग्रहलाई ( कसाई / हिंसा / उर्जा / भुमी / रगत ) सङ्ग जोडेर हेर्ने गरिन्छ । भोलि इश्वी सन् अनुसार = 9 सेप्टेम्बर 2025 हो । अंकशास्त्र अनुसार 9 अंक मङ्गल ग्रहसङ्ग जोडिन्छ । 9 सेप्टेम्बर ( सेप्टेम्बर ) महिना पनि 9 अंकसङ्ग जोडियो ।
2025 को योगफल पनि ( 2+0+2+5) = 9 हुन्छ ।
अर्थात् 9 महिना , 9 गते , वर्ष पनि 9 सङ्ग जोडियो ।
मङ्गलबार परेकोले बार पनि 9 सङ्ग जोडियो ।
भोलि मङ्गल ग्रहको डिग्री ( अंश ) = 27 छ ।
( 2+7) = 9 नै हुन्छ ।
अंश पनि 9 सङ्ग जोडियो ।
अर्थात् जताबाट जसरी घुमाए पनि भोलि अंश , बार , गते महिना ,साल सबैमा मङ्गलले प्रभाव जमाउँछ ।
अब मङ्गलबाट माथी भने अनुसार सबै कुरा हेरिन्छ ।
अंकशास्त्र र ज्योतिषशास्त्र अनुसार ,
म मङ्गल ग्रहसङ्ग जोडिएको छु । मङ्गल 8 को मालिक शनिसङ्ग जोडिएको छ । 8 नम्बरको घर परिवर्तनको घर हो ।जसकारण मेरो जीवनमा परिवर्तन आउन निश्चित छ ।
के हुन्छ , त्यो भोलीको दिनले बताउनेछ । तर आफू सुरक्षित रहेर बसेको राम्रो हुन्छ । मेरो जीवनमा ठूलो परिवर्तन आउँछ , यो मलाई राम्रोसङ्ग थाह छ ।
मैले अनुमानको भरमा मात्र बोलेको होइन ।
मेरो intuition बाट निस्केको शब्द हो !
भारतमा ट्रम्पले Google आईडी बन्द गर्न खोज्नु । नेपाल को काठमाडौमा आन्दोलन हुनु । सामाजिक घटनाहरू छन् ।
म कुनै भविष्यवाणी गर्दिन । मलाई यति थाह छ भोलि मेरो जीवनमा ठूलो परिवर्तन आउनेछ ।