
मर्मतका कारण नुवाकोटका विभिन्न क्षेत्रमा शनिबार चार घण्टा विद्युत् सेवा अवरुद्ध।


मर्मतका कारण नुवाकोटका विभिन्न क्षेत्रमा शनिबार चार घण्टा विद्युत् सेवा अवरुद्ध।
नुवाकोट, १६ जेठ २०८२ — नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले मर्मत र लाइन सफाइको कार्यका लागि शनिबार (१७ जेठ) बिहान ७ बजेदेखि ११:३० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
प्राधिकरणले देविघाट सबस्टेशनबाट चौघडा सबस्टेशनसम्मको ३३ केभी प्रसारण लाइनमा बुस कटिङ र मर्मतकार्य गर्नुपर्ने भएकाले सो अवधि भर सेवा अवरुद्ध हुने जानकारी दिएको हो।
विद्युत् अवरुद्ध हुने स्थानहरू यसप्रकार छन्:
शिवपुरी गाउँपालिका — वडा नं. ५ बाहेक सबै वडाहरू
तादी गाउँपालिका — वडा नं. ६
लिखु गाउँपालिका — वडा नं. ३, ४, ५ र ६
पञ्चकन्या गाउँपालिका — वडा नं. २ र ५
सुर्यगढी गाउँपालिका — वडा नं. १
प्राधिकरणका अनुसार मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा समयभन्दा अघि नै पुनः सुचारु गरिनेछ।
स्थानीय उपभोक्तालाई असुविधा हुन सक्ने भएकाले विद्युत् प्राधिकरणले क्षमायाचना गर्दै आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।