मानसिक स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सम्पन्न।

0
17

मानसिक स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सम्पन्न    काठमाडौं, असोज २६ राजन थापा — Lions International District 325 I अन्तर्गत Lions Club of Kathmandu Temple Ganesh द्वारा आयोजना गरिएको “मानसिक स्वास्थ्य सम्बन्धी एक दिन अभिमुखीकरण कार्यक्रम” दुर्गा भवानी एकेडेमी, ध्रुम्बाराही–४, काठमाडौंमा सम्पन्न भएको छ।

                                   

 

कार्यक्रमको संयोजन क्लबकी अध्यक्ष लायन तृष्णा थापाले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा District Chief of Mental Health and Wellbeing लायन गोपाल श्रेष्ठ उपस्थित रहनुभएको थियो। कार्यक्रममा डिस्ट्रिक्टका अग्रज लिडरहरू, क्लबका सदस्यहरू, विद्यालयका शिक्षक–शिक्षिका तथा कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहजीकरण मनोसामाजिक परामर्शदाता तथा प्रशिक्षक श्रीमती सरस्वती सञ्जेल र श्रीमती उर्मिला श्रेष्ठले गर्नुभएको थियो। उनीहरू दुवै अनुभवी परामर्शदाता हुन्, जसले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, आत्मविश्वास वृद्धि तथा सामाजिक व्यवहार सुधार विषयमा विद्यालय, सामुदायिक संस्था र संघ–संस्थामा निरन्तर प्रशिक्षण र परामर्श प्रदान गर्दै आएका छन्।

उनिहरूको प्रमुख उद्देश्य समुदायमा मानसिक स्वास्थ्यका समस्या पहिचान र समाधानमा सहयोग पुर्‍याउने तथा व्यक्तिहरूमा सकारात्मक सोच र व्यवहारिक परिवर्तनतर्फ प्रेरित गर्ने रहेको छ।
कार्यक्रमले विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच, आत्मविश्वास र जीवनप्रतिको दृष्टिकोण सुदृढ बनाउन सहयोग पुर्‍याएको सहभागीहरूले बताएका छन्।

LEAVE A REPLY