
“मुग्लिन पहिरोमा एम्बुलेन्स रोकिन्छ, प्रहरी बोकेर वार पार गर्छ – प्रहरी हाम्रो साथी हो!”


“मुग्लिन पहिरोमा एम्बुलेन्स रोकिन्छ, प्रहरी बोकेर वार पार गर्छ – प्रहरी हाम्रो साथी हो!”
चितवन, असार ३ –
गत राती परेको अविरल वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डको एक भागमा ठूलो पहिरो गएको छ। पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ। यति बेला एउटा एम्बुलेन्स, जसमा एक गम्भीर बिरामी थिए, पहिरोको कारण रोकिएको थियो। समयमै अस्पताल पुर्याउन नसके बिरामीको ज्यान जोखिममा पर्न सक्ने अवस्था थियो। यसैबीच, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली पहिरो क्षेत्रमा उद्धार कार्यमा खटिएको थियो।
बिरामीको अवस्था अत्यन्तै गम्भीर थियो। तत्काल अस्पताल पु¥याउनु आवश्यक थियो। तर पहिरोले सडक पूरै बन्द भएकाले एम्बुलेन्स पार हुन सक्ने अवस्था थिएन। यतिकैमा, एक जना प्रहरी जवानले आफ्नो कर्तव्यभन्दा माथि उठेर एउटा यस्तो कार्य गरे जसले सम्पूर्ण नेपाली जनताको मन छोएको छ।
प्रहरी जवानले बिरामीलाई बोकेर पहिरोको जोखिमपूर्ण भाग वार गराए। जोखिम त थियो नै – अझै पहिरो खस्न सक्ने अवस्था, चिप्लो र फिसल्ने बाटो, भीडभाड, र बिचबिचमा झरिरहने ढुंगा। तर, मानवताको यो उदाहरण दिन प्रहरी जवानले कुनै पछि हट गरेनन्। एम्बुलेन्सका स्वास्थ्यकर्मीहरू, अन्य सुरक्षाकर्मी र सर्वसाधारणको सहयोगमा उनले बिरामीलाई सुरक्षित ठाउँमा लैजाने कार्य सफलतापूर्वक सम्पन्न गरे।
यो घटनाले फेरि एक पटक पुष्टि गर्यो – प्रहरी हाम्रो साथी हो।
नेपाल प्रहरीको नारालाई सायद धेरैले केवल एक नारा ठानेका होलान्, तर यस्ता घटनाले त्यस नारालाई जिवन्त बनाउने कार्य गर्छन्। प्रहरीको जिम्मेवारी केवल अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन वा झगडा समाधान मात्र होइन, उनीहरूको सेवा संकटको घडीमा जनताको जीवनरक्षाका लागि पनि केन्द्रित रहन्छ।