मेयर बालेनविरुद्ध चार करोड रुपैयाँ भ्रष्टाचारको उजुरी, अख्तियारमा छानबिनको माग।

0
36

मेयर बालेनविरुद्ध चार करोड रुपैयाँ भ्रष्टाचारको उजुरी, अख्तियारमा छानबिनको माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहमाथि सार्वजनिक निर्माण प्रक्रियामा पारदर्शिता नअपनाइएको आरोप लाग्दै आएको छ। पछिल्लो घटनामा अधिवक्ता युवराज सफलले करिब ४ करोड २ लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

सफलले दर्ता गराएको उजुरीअनुसार, काठमाडौं प्लाजास्थित महानगर भवनको मर्मत र लिफ्ट जडान कार्यमा कानुनी प्रक्रिया मिचिएको छ। ठेक्काको लागि राष्ट्रिय दैनिकमार्फत बोलपत्र आह्वान गरिए तापनि प्रतिस्पर्धा नभएको र “पुमा लक्ष्मी निर्माण सेवा” नामक एक मात्र कम्पनीले प्रस्ताव दिंदै काम हात पारेको उल्लेख छ। यस्तो कार्यले निष्पक्ष प्रतिस्पर्धाको मर्म विपरीत गयो भन्ने उजुरीको दाबी छ।

सफलले यसअघि पनि लिफ्ट सम्बन्धी खर्चमा अनियमितता भएको भन्दै करिब १ करोड रुपैयाँको अपचलनको आरोप लगाउँदै उजुरी दिएका थिए। पछिल्लो पटक उनले थप अध्ययन र विवरणको आधारमा कुल अनियमितता रकम ४ करोड २ लाख रुपैयाँ पुगेको उल्लेख गर्दै पुनः मुद्दा अगाडि सारेका हुन्।

हालसम्म महानगर वा मेयर बालेनले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्। यता, अख्तियारले उजुरीको प्रारम्भिक अध्ययन अघि बढाएको बुझिएको छ।

LEAVE A REPLY