
मेयर बालेन नेतृत्वमा निर्देशिका विपरीत वैदेशिक भ्रमण, ५२ लाखभन्दा बढी खर्च नियमविपरीत।


मेयर बालेन नेतृत्वमा निर्देशिका विपरीत वैदेशिक भ्रमण, ५२ लाखभन्दा बढी खर्च नियमविपरीत
मेयर बालेन नेतृत्वमा निर्देशिका विपरीत वैदेशिक भ्रमण, ५२ लाखभन्दा बढी खर्च नियमविपरीत
काठमाडौं, असार १ — मेयर बालेन शाह नेतृत्वको काठमाडौँ महानगरपालिकाले संघीय निर्देशिका उल्लङ्घन गर्दै पदाधिकारी र कर्मचारीहरूलाई वैदेशिक भ्रमणमा पठाएको खुलासा भएको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार, मनोनयन प्रक्रियाबिना गरिएको भ्रमणमा ५२ लाख ५४ हजार ७७ रुपैयाँ खर्च गरिएको छ, जुन खर्च नियमविपरीत रूपमा सरकारी कोषबाट व्यहोरिएको हो।
पदाधिकारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ अनुसार महानगर प्रमुखको भ्रमणका लागि नेपाल सरकारबाट मनोनयन हुनुपर्ने व्यवस्था छ। त्यस्तै, अन्य पदाधिकारी तथा कर्मचारीहरूका लागि सम्बन्धित मन्त्रालयबाट स्वीकृति आवश्यक हुन्छ। तर, यी कानुनी प्रक्रिया नअपनाई महानगरले आफ्नै निर्णयमा भ्रमण गराएको देखिएको छ।
महालेखा परीक्षकको प्रतिवेदनमा खर्च गरिएको रकम निर्देशिका अनुसार वैध नरहेको प्रस्ट रूपमा उल्लेख गरिएको छ। यसले मेयर बालेन शाहको प्रशासनिक नेतृत्वमाथि नै प्रश्न उठाएको छ।