मेयर हर्क साम्पाङको सन्देश: “चाबी जनता संग छ, दादागिरी चल्दैन”।

0
30

मेयर हर्क साम्पाङको सन्देश: “चाबी जनता संग छ, दादागिरी चल्दैन”

, जेठ ४ — धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले सामाजिक सञ्जालमार्फत शक्तिशाली सन्देश दिँदै जनताको जित भएको घोषणा गरेका छन्। उनले फेसबुकमार्फत पोस्ट गर्दै लेखेका छन्, “चाबी सबै प्राप्त भैसकेको छ ! दादागिरी चल्दैन ! जनता हो फिकर मान्नु पर्दैन ! जीत जनता को भयो ! हार झोले को !”

यो अभिव्यक्तिलाई धेरैले धरानको हालको राजनीतिक परिस्थिति र स्थानीय नेतृत्वविरुद्ध चलिरहेको विरोधसँग जोडेर हेरेका छन्। सामाजिक सञ्जालमा उनको यो पोस्ट भाइरल बनेको छ र व्यापक जनसमर्थन पाइरहेको छ।

साम्पाङको यो भनाइ सत्ता पक्ष वा पार्टीगत प्रभावशाली समूहप्रति गरिएको आलोचना हो भन्ने अनुमान गरिएको छ। ‘झोले’ शब्दले सत्तासीन पार्टी कार्यकर्ताहरूको प्रतीकात्मक व्याख्या गरेको बुझिन्छ।

उनको पोस्टमा प्रयोग भएको “चाबी सबै प्राप्त भैसकेको छ” भन्ने अभिव्यक्ति जनताको हातमा निर्णयको अधिकार आइपुगेको संकेत गर्दछ, भने “दादागिरी चल्दैन” भन्नाले कुनै पनि प्रकारको राजनीतिक हठ र दमन अब स्वीकार्य नहुने चेतावनी दिन खोजिएको छ।

साम्पाङ जनमुखी र स्पष्ट वक्ता मेयरको रूपमा चिनिन्छन्, जो सामाजिक सञ्जालमार्फतै जनताको आवाज उठाउने र प्रशासनिक काम कारबाहीमा पारदर्शिता ल्याउने प्रयासमा सक्रिय रहँदै आएका छन

LEAVE A REPLY