
रकम भुक्तानी नपाउदा निर्माण ब्यवसायीले आत्महत्या गर्न बाध्य।

नेपाल निर्माण व्यवसायी महासंघले काम गरेको रकम भुक्तानी नपाउँदा व्यवसायीले आत्महत्या गर्न बाध्य भएको जनाएको छ।
सरकारी ठेक्का लिएको निर्माण व्यवसायीले समयमै रकम भुक्तानी नपाउँदा आर्थिक समस्यामा परेर आत्महत्या गरेको महासंघले दाबी गरेको हो।
शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले ६० अर्ब रुपैयाँ दायित्व बाँकी रहेको जनाएको छ। सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनबाट म्याद थप भएपछि ४० अर्ब दायित्व र चालू आयोजनाको बजेट अपुग तथा निकासा नभएको कारण २० अर्ब भुक्तानी बाँकी रहेको उल्लेख गरेको छ।
‘निर्माण व्यवसायीको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेन (आपूर्ति शृंखला) नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने अवस्थामा पुगेका छन्’, महासंघले भनेको छ।
महासंघले सरकारी कार्यालयबाट दायित्व भुक्तानी नपाएकै कारण असार १५ गते डडेल्धुराका निर्माण व्यवसायी डम्बरदत्त भट्टले आत्महत्या गरेको उल्लेख गरेको छ…
स्रोत. नेपाल खवर