
रहेनन् नुवाकोटका चर्चित पत्रकार पुडासैनी।


नुवाकोटका जिल्ला धर भएका चर्चित पत्रकार श्यामसुन्दर पुडासैनीको शुक्रबार गएराति करिब १० बजे उनको हृदयाघातका कारण निधन भएको छ।
पुडासैनी कार्यलयको नियमित कामसकेर कपनस्थित कोठामा पुगेको केही समयपछि अचानक ढलेका थिए । पुडासैनीलाई घरधनी र आफन्तले उपचारका लागि हेल्पिङ हन्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
उनले नेपाल भ्यूज डटकमका उपसम्पादक उनी काम सकेर कार्यालयबाट कपनस्थित कोठामा फर्किएका थिए । कोठामा फर्किएको केहीबेरमै उनी एक्कासी ढलेका थिए । तत्काल घरधनी र छिमेकीले ट्याक्सीमा राखेर चावहिलस्थित अस्पताल पुर्याएका
उनले हिमालय टाइम्स,माउण्टेन टेलिभिजन, प्राइभ टेलिभिजन र रेडियो अन्नपूर्णमा समेत काम गरेका थिए ।