
राजधानीमा हैजा सङ्क्रमितको सख्याा बढ्दै ।


काठमाडौंमा आइतबार तीन जनामा हैजा देखिएको छ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कालीमाटी क्षेत्रका व्यक्तिमा हैजाको ब्याक्टेरिया पोजेटिभ देखिएको हो ।
सङ्क्रमितक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए ।
‘ब्याक्टेरियाबाट सर्ने रोग कसरी फैलियो भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको छ यसलाई थप फैलिन नदिन हामी सचेत छौं,’ डा सापकोटाले थपे ।
यसअघि ललितपुरको सुधार केन्द्रमा सात जनामा हैजा देखिएको थियो ।
मनसुनी वर्षासँगै दूषित पानी पिउँदा यो रोग सरेको हुनसक्छ ।
केही दिनअघि काठमाडौं उपत्यकाको टुकुचा खोला र बागमती नदीको संगमस्थल टेकुमा पोलियो भेटिएको थियो ।
शुद्ध पिउने पानी र सरसफाइको सेवनसँगै सरसफाइमा ध्यान दिन चिकित्सकहरूले सबैलाई आग्रह गरेका छन् ।
पखाला, वाकवाकी, डिहाइड्रेसन, पहेंलो पिसाब र आँखा डुबेको हैजाका लक्षणहरू हुन् यदि यी लक्षणहरूबाट पीडित व्यक्तिहरूलाई समयमै उपचार गर्न सकिएन भने तिनीहरूको पनि मृत्यु हुन सक्छ।