राजबादी समूहद्वारा उपत्यका बन्दको घोषणा, थापा र सिंहको गिरफ्तारीको विरोधमा आन्दोलन चर्किंदै।

0
9

राजबादी समूहद्वारा उपत्यका बन्दको घोषणा, थापा र सिंहको गिरफ्तारीको विरोधमा आन्दोलन चर्किंदै

काठमाडौँ, जेठ १८ – राप्रपा नेपालका अध्यक्ष कमल थापा तथा राप्रपाका सांसद दीपक सिंहसहितका नेताहरूको पक्राउपछि राजसंस्थाप्रेमी समूहहरूले सोमबार उपत्यका बन्दको आह्वान गरेका छन्।

संयुक्त जनआन्दोलन समिति, जसको नेतृत्व नवराज सुवेदीले गरेका छन्,ले आइतबार साँझ विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण ढंगले भइरहेको आन्दोलनमा संलग्न नेताहरूलाई प्रहरीले अवैधानिक र अमानवीय तरिकाले नियन्त्रणमा लिएको भन्दै कडा आपत्ति जनाएको छ। सोही कारण उनीहरूले भोलि जेठ १९ गते काठमाडौं उपत्यकामा आमहड्ताल गर्ने निर्णय लिएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “सरकारको निरंकुश र दमनकारी कदमको विरोधस्वरूप हामीले आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने बाध्यता महसुस गरेका छौं। त्यसअनुसार सोमबार उपत्यकाभर शान्तिपूर्ण बन्दको घोषणा गरिएको छ।” साथै, आन्दोलनमा सहभागी सबैलाई आ–आफ्नो टोल, चोक र स्थानमा सक्रिय भएर सहभागी हुन आग्रह गरिएको छ।

यसअघि, राजधानीको नारायणचौर क्षेत्रमा प्रदर्शन गरिरहेका राजावादी कार्यकर्ताहरू बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापा, सांसद सिंहसहित अन्यलाई नियन्त्रणमा लिएको थियो। संयुक्त जनआन्दोलन समितिले उनीहरूको तत्काल रिहाइको मागसमेत अघि सारेको छ।

LEAVE A REPLY