राजमार्गका १७ सडकखण्ड यातायात अझै अवरुद्ध। ।

0
13

अविरल वर्षाका कारण  बाढी र पहिरोले  क्षति भएका  विभिन्न राजमार्गका १७ सडकखण्ड यातायात अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार अधिकांश सडक खुलिसके पनि यी १७ खण्ड अझै पनि बन्द रहेको छ भने थप सात खण्ड एकतर्फी यातायातका लागि खुला छन् ।

गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले राजमार्गको भग्नावशेष हटाएर मर्मतसम्भार गरी सवारी साधन सञ्चालनमा ल्याउने प्रयास भइरहेको  जानकारी दिएका छन् ।

नेपाल प्रहरीले आज साँझ जारी गरेको सूचनाअनुसार दक्षिणकाली–सिस्नेरी, लेले–टिकभैरब, भेडेटार–राके सडक पूर्णरुपमा अवरुद्ध रहेको  छ ।

त्यसैगरी कान्ति राजमार्गका विभिन्न खण्ड, कुलेखानी–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल र बीपी राजमार्गका केही भाग पछिल्लो समय विपद्का कारण अवरुद्ध छन् ।

कालीगण्डकी करिडोरमा पर्ने बाह्रबिसे–तातोपानी, रामेछाप–सिन्धुली–खुर्कोट र सालझण्डी–अर्घाखाँची–ढोरपाटन सडकका साथै पूर्व–पश्चिम राजमार्गको मध्यविन्दु सडकखण्ड पनि आवतजावत गर्न नसकिएको प्रहरीको भनाइ छ ।

यसैबीच, दाउने, बन्दीपुर, व्यास नगरपालिका, पाँचखाल, हनुमानगढी केराघारी, बेनीघाट, सुनकोशी कमेरेडाँडाका सडक एकतर्फी सञ्चालनमा आएका छन् ।

 

LEAVE A REPLY