
राजसंस्था पुनर्स्थापनाको मागसहित सिफल चौरमा राजावादीहरको आज प्रदशन।


राजसंस्था पुनर्स्थापनाको मागसहित सिफल चौरमा राजावादीहरुकोआज प्रदर्शनन गर्दै ।
२० जेठ, काठमाडौं । राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको पक्षमा आन्दोलनरत समूहले आज राजधानीको सिफल चौरमा प्रदर्शनको कार्यक्रम तय गरेका छन्।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीका अनुसार प्रदर्शन दिउँसो २ बजेबाट सुरु हुने छ। पछिल्ला दिनहरूमा नियमित विरोधमा जुट्दै आएको राजावादी समूहले जेठ १९ गते भने नारायणहिटी दरबार हत्याकाण्डको स्मृतिमा कुनै प्रदर्शन आयोजना गरेको थिएन।
सोही दिन बेलुका, दिवंगत राजपरिवारप्रति श्रद्धाञ्जली अर्पण गर्न उनीहरूले कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए।
राजावादी समूहले गणतन्त्र दिवसका दिन जेठ १५ देखि आन्दोलनलाई तीव्र बनाउँदै आएको छ। उनीहरूले राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापित नभएसम्म आन्दोलन नरोकिने अडान दोहोर्याएका छन्।