राजाको छोरा र तपाईं – ज्योतिष सन्देश अर्याल।

0
18

राजाको छोरा र तपाई

एउटा सानो उदाहरण पेश गर्छु । काठमाडौको थापाथली अस्पतालमा दुईजना बच्चा एउटै समयमा जन्मिए । दुबैको जन्म २०६०/१२/१ बिहान बजेर ३ मिनेट जाँदा , काठमाडौमै भयो । दुई जना बच्चा एकै समयमा जन्मिएका हुन ।
उनिहरु मध्य एउटा राजाको छोरा रहेछन् । अनि अर्को तपाई जन्मिनु भएको रहेछ । तपाई गाउँको गरिव परिवारमा जन्मिनु भयो । आर्थिक रुपमा सामाजिक दृष्टिकोणमा तपाईं गरिब परिवारको सदस्य हुनुभयो ।

एउटै अस्पतालमा जन्मेको कारण ,एकै समयमा जन्मिएको कारण पनि कुण्डली एउटै हुने नै भयो ।

२२ वर्ष पछि २०८२ साल लाग्दा त्यो धनी घरको परिवारमा जन्मिएको राजाको छोराले धेरै सुख पाएका छन् अनि तपाईले दु:ख मात्र पाईरहनु भएको छ ।
अब बताउनुहोस् कि यहाँ ग्रह नक्षत्रले के काम गर्यो ?

त्यहिभएर प्रारब्ध , भाग्य , सञ्चित कर्म , संस्कार , निरन्तरता , घरको परिवारको सोच र धन , देशको मौसम / वातावरण , देशको कानुन , DNA , समयको चक्रपथ , साथीभाईको संगत , वर्षौदेखीका पिँढी दरपिँढी चल्दै आएको श्राप र आशिर्वाद , कुल र पितृको कर्म , इष्ट देवताको आशिष आदि कुराले मान्छेको भविष्यवाणी फेरीन्छ । उसले पाउने फल फेरीन्छ । यसैले ज्योतिषशास्त्रको अध्ययन गहिरो गरि गर्न जरुरी छ ।

LEAVE A REPLY