राजाबादीका जनकमाण्डर प्रसाईंलाई विमानस्थल हुँदै काठमाडौ ल्याउने तयारी।

0
11

काठमाडौँ । तीनकुनेको हिंसात्मक प्रदर्शन बाट एकाएक  फरार भएका दुर्गा प्रसाईँलाई  आसामबाट  पक्राउ  परे लगत्तै  भारतीय प्रहरीको सहयोगमा आज  भद्रपुर विमानस्थल हुँदै काठमाडौ ल्याउने  प्रहरीको तयारी छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा ‘राजवादी जनआन्दोलनमा जनकमाण्डरको  नेतृत्व प्रसाईले गरेको उक्त  बिरोध प्रदर्शन हिंसात्मक बनेपछि सरकारी र निजी सम्पत्तिमा व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो। सो घटनामा दुई जनाले ज्यान गुमाउन परेको थियो।
यता प्रसाईं पक्राउ परे लगत्तै ठुुलो हलचल मच्चएको छ।दुर्गा प्रसाईंका दाजु लक्ष्मी प्रसाईंका शुभचिन्तक, परिवारका सदस्यहरू तथा कानुन व्यवसायीहरू मेची पुल क्षेत्रमा भेला भएर आगमनको प्रतीक्षा गरिरहेका छन् । मेची पुल क्षेत्रमा अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने स्थानीय समर्थकहरू पनि लगातार भीडिइरहेका छन् । अहिले केहीबेरमा उनलाई  कानुनविद् मानवाधिकार कर्मी तथा कुटनैतिक नियोगका प्रतिनिधिहरूको रोहबरमा नेपाल प्रहरीको जिम्मा लगाउने कार्यक्रम रहेको छ उनी निकट ब्यक्तिले नगर बिकास मिडियालाई जानकारी दिएका छन्।

LEAVE A REPLY