राज्यको षड्यन्त्र चिर्छौं! — जनपक्षीय शिक्षा ऐनको लागि अखिल (क्रान्तिकारी)को देशव्यापी शैक्षिक हडताल”

0
4

राज्यको षड्यन्त्र चिर्छौं! — जनपक्षीय शिक्षा ऐनको लागि अखिल (क्रान्तिकारी)को देशव्यापी शैक्षिक हडताल”

काठमाडौं — २0८२/ ३२ नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले राज्यले जनपक्षीय शिक्षा ऐन जारी गर्न गरेको ढिलासुस्ती तथा षड्यन्त्रविरुद्ध साउन २ गते देशव्यापी शैक्षिक हडतालको आह्वान गरेको छ।

संगठनका अनुसार शिक्षा क्षेत्रलाई माफियातन्त्रको कब्जाबाट मुक्त गर्दै समान, सर्वसुलभ र वैज्ञानिक शिक्षाको कानूनी प्रत्याभूति गर्नुपर्ने मागलाई लिएर यो हडताल गरिन लागिएको हो।

अखिल (क्रान्तिकारी) द्वारा जारी विज्ञप्तिमा भनिएको छ,

“राज्य पूँजीवादी नीतिको पक्षपोषण गर्दै आम जनता र श्रमिक वर्गका छोराछोरीलाई शिक्षाबाट वञ्चित गर्ने षड्यन्त्रमा लागेको छ। जनपक्षीय शिक्षा ऐन जारी नगरेसम्म हाम्रो संघर्ष अझ कडा हुँदै जानेछ।”

हडतालको प्रमुख मागहरू यसप्रकार छन्:

  • जनपक्षीय शिक्षा ऐन तुरुन्त ल्याइयोस्
  • निजी विद्यालयहरूको मनपरी शुल्क नियन्त्रण गरियोस्
  • सरकारी विद्यालयहरूको गुणस्तर सुधार गरियोस्
  • शिक्षामा वर्गीय विभाजन अन्त्य गरियोस्
  • सम्पूर्ण विद्यार्थीलाई निःशुल्क शिक्षा सुनिश्चित गरियोस्

संगठनले सम्पूर्ण प्रगतिशील विद्यार्थी, शिक्षक, अभिभावक र नागरिक समाजलाई शान्तिपूर्ण र संगठित ढंगले हडतालमा सहभागी हुन आह्वान गरेको छ।

 

LEAVE A REPLY