
राप्रपा नेपाल अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा।


राप्रपा नेपाल अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा
काठमाडौं, जेठ १८, २०८२ — राजसंस्थाको पुनःस्थापनाको माग गर्दै काठमाडौंको नारायणचौरमा आयोजना गरिएको प्रदर्शनमा सहभागी भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा आइतबार प्रहरी नियन्त्रणमा परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहोराका अनुसार प्रदर्शन अराजक बन्दै गएपछि थापासहित केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो।
“प्रदर्शन शान्तिपूर्ण नभई अराजक रूपमा विकास हुँदै गएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको हो,” एसपी बोहोराले बाह्रखरीसँग बताए।
थापालाई हाल जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ। राजसंस्थाको समर्थनमा विभिन्न समूहले पछिल्ला दिनमा प्रदर्शन गर्दै आएका छन्।