राष्ट्रपति ट्रम्पसँग नेपाली राजदूत रेग्मीको भेटवार्ता, द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने आशा।

0
23

राष्ट्रपति ट्रम्पसँग नेपाली राजदूत रेग्मीको भेटवार्ता, द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने आशा
नगर विकास डटकम    वाशिङ्टन डीसी, असार १, २०८२

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले औपचारिक भेटवार्ता गर्नुभएको छ। वाशिङ्टन डीसीस्थित ह्वाइट हाउसमा आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति ट्रम्पलाई बुझाउनु भएको हो।

सो अवसरमा राजदूत रेग्मीले नेपालको राष्ट्रपति, प्रधानमन्त्री तथा नेपाली जनताको शुभकामना अमेरिकी राष्ट्रपतिलाई व्यक्त गर्दै अमेरिका–नेपाल सम्बन्ध थप सुदृढ र लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालमा विकासका विभिन्न क्षेत्रमा अमेरिकाको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै भविष्यमा अझ सघन सहकार्यको अपेक्षा पनि गर्नुभयो।

राष्ट्रपति ट्रम्पले पनि नयाँ नेपाली राजदूतलाई स्वागत गर्दै बधाई दिनुभयो र नेपालसँगको पुरानो मैत्री सम्बन्धलाई निरन्तर बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस औपचारिक कार्यक्रममा दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धलाई थप सशक्त बनाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ। दुवै पक्षले आगामी दिनमा व्यापार, शिक्षा, ऊर्जा, प्रविधि तथा सामाजिक सहकार्यका विविध क्षेत्रलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने स्पष्ट संकेत दिएका छन्।

राजदूत रेग्मीले केही महिनाअघि मात्रै अमेरिकामा आफ्नो कार्यकाल सुरु गर्नुभएको थियो। यो भेटले उहाँको औपचारिक जिम्मेवारीलाई राष्ट्रस्तरीय मान्यता प्रदान गर्नुका साथै नेपाल–अमेरिका सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

सम्पादन : नगर विकास संवाददाता

प्रकाशित मिति : २०८२ असार १

LEAVE A REPLY