
राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालको अवधारणा पत्र,नीति तथा कार्यक्रमका कार्यबिधी परित।


राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालको अवधारणा पत्र,नीति तथा कार्यक्रम र कार्यबिधी परित भै बिधिवत घोषणा भएको भदौ १९ गते एकबर्ष पुग्दैछ।यश सन्दर्भमा मोर्चाले बार्षिकोत्सव विषेश कार्यक्रम सहित प्रथम राष्ट्रिय भेला सम्पन्न गर्न लागिएको मोर्चाका सचिवालय सद्स्य तथा प्रदेश समन्वय संयोजक कमरेड लक्ष्मण उप्रेतीले टपटेन खबर डट कमलाइ बताउनु भयो।भेलाले मुख्य गरि बिगतको समिक्षा गर्ने ,यो मोर्चाको मुल प्रस्तावना प्रतिगमन तथा साम्राज्यवाद बिरोधि शक्ति ,ब्यक्ति ब्याक्तित्व ,पार्टीहरु,अभियान,अभियन्ताहरुको अवद्वता सद्स्यहरुको ठोस पहिचान गर्ने र सबैको सहभागितामा राष्ट्रियता ,जनतन्त्र र जनजिविका सम्बन्धि आन्दोलनलाइ जनाअन्दोलनको रुपमा उठाउन योजनाहरु बनाउने उदेश्य रहेको पनि उप्रेतीले बताउनु भयो।राष्ट्रिय भेलामा आवद्व घटक सद्स्यहरुका मुख्य नेतृत्वहरु र प्रत्येक प्रदेशबाट कम्तिमा ३ जना प्रतिनिधिहरुको उपस्थिति रहने छ।मोर्चाका संयोजक कमरेड सन्त ब नेपालीले प्रस्तुत गर्नु हुने प्रतिबेदन माथी भेलामा छलफल हुने छ।र आन्दोलनका क्रममा आएका समस्याहरु समाधानका लागि कार्यबिधिलाइ परिमार्जन गर्नु पर्ने महशुल गरिएको छ त्यसवारे छलफल गरि बिस्तार गरीनेछ ।राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालको प्रथम राष्ट्रिय भेला एवं वार्षिकोत्सब विशेष कार्यक्रम २०८१ भदौ १९ गते बुधबार इच्छुक सास्कृतिक प्रतिष्ठान धट्टेकुलोमा हुने बताइएको छ ।