राष्ट्रिय युवा संघको अधिवेशनमा ४३ जना निर्विरोध निर्वाचित, महिला सदस्यमा न्यून उम्मेदवारी।

0
10

राष्ट्रिय युवा संघको अधिवेशनमा ४३ जना निर्विरोध निर्वाचित, महिला सदस्यमा न्यून उम्मेदवारी

पोखरा, १२ जेठ २०८२ — राष्ट्रिय युवा संघ नेपालको दशौं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। अधिवेशनअन्तर्गत विभिन्न पदका लागि उम्मेदवारहरूको अन्तिम नामावली घोषणा गर्न बाँकी रहँदा हालसम्म ४३ जना निर्विरोध निर्वाचित भएका छन्। लेखा आयोग उपाध्यक्ष र सचिव पदमा समेत कुनै प्रतिस्पर्धा नभएको जनाइएको छ।

निर्विरोध निर्वाचित हुनेहरूमध्ये भूगोल र महिला सदस्यहरूको संख्या उल्लेख्य छ। महिला सदस्यका लागि आवश्यक पाँच स्थानमध्ये केवल दुई जना उम्मेदवारले मात्र मनोनयन दिएका छन्। युवान्तिका राई र कला राई महिला कोटाबाट केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन्।

कोशी प्रदेशबाट ताप्लेजुङका मनोज लिम्बू, पाँचथरका गणेश योङहाङ, इलामका नागेन्द्र श्रेष्ठ, झापाका खगेन्द्र राज आङदम्बे, सुनसरीका दिवस राई, उदयपुरका तुल्सीराम चौलागाईं, ओखलढुंगाका बिनोद खत्री, सोलुखुम्बुका राजु खड्का लगायतका भूगोल प्रतिनिधिहरू निर्विरोध भएका छन्। सोही प्रदेशमा महिला कोटामा सुमना लिवाङ, अनुपमा राई, कान्ता भट्टराई, बिपना बुढाथोकी, रमिला नेपाल, सोफिया लिम्बू र सुम्निमा खातुनले मात्रै उम्मेदवारी दिएका छन्।

पर्साका रवि गुप्ता, भक्तपुरका रविन थापा क्षेत्री, रसुवाका सुरज गुरुङ, दोलखाका सुजन श्रेष्ठ, गोरखाका प्रवीण अधिकारी, मनाङका मदन गुरुङ, मुस्ताङका केसाङ ठोक्या ठकुरी, रुकुम पूर्वका हेमराज केसी, दाङका फुर्पा लामा, बर्दियाका रमेश रावल पनि निर्विरोध निर्वाचित भएका छन्।

लुम्बिनी प्रदेशबाट महिला सदस्यमा कल्पना पाण्डे मगर, पूर्णिमा बुढाथोकी, मिनाकुमारी बिसी, पूजा थारु, श्रद्धा कुँवर क्षेत्री र लक्ष्मी बुढा निर्विरोध चयन भएका छन्।

यस्तै, डोल्पाबाट पाण्डप महतरा, मुगुका जनकराज राउत, रुकुम पश्चिमका गंगाराम रोकाया, कञ्चनपुरका रोहित कुँवर, डडेल्धुराका भरत मल्ल लगायत अन्तरजिल्ला विशेष प्रदेशबाट सोनु बराल र विन्दु शर्मा निर्विरोध भएका छन्। यद्यपि उनीहरूको औपचारिक घोषणा हुन बाँकी रहेको छ।

LEAVE A REPLY