
रिस गर्छन डाहा गर्छन आगोमा बलेर जल्नेहरू।


मुक्तक १
रिस गर्छन डाहा गर्छन आगोमा बलेर जल्नेहरू
गलत बाटो देखाउँछन् दुँनिया गलेर जल्नेहरू
खुट्टा तान्ने प्रवृत्ति पनि स्वभाबिक हो अचेल
शर्मिलाका दुई चार शत्रु छन् जलेर जल्नेहरू
मुक्तक २
लाली ,पाउडर लाने बुहारी चाहिन्न पो भन्ने हो की
बङ्गुरको मासु खाने बुहारी चाहिन्न पो भन्ने होकि
तपाई बाहुन म मगर के स्वीकार गर्ला र समाजले ,
जता बोलायो उतै जाने बुहारी चाहिन्न पो भन्ने होकि ।
शर्मिला पुन मगर