लिपुलेक मुद्दामा ओलीको आपत्ति, लगत्तै भारतिय मिडियामा खैलाबैला ।

0
11

लिपुलेक मुद्दामा ओलीको आपत्ति, लगत्तै      भारतिय मिडियामा खैलाबैला ।

काठमाडौं — चीन भ्रमणको क्रममा नेकपा (यूएमएल) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकसम्बन्धी भारत–चीनबीचको समझौता प्रति गम्भीर आपत्ति जनाएका छन्। उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी ऐतिहासिक, कानुनी र भौगोलिक प्रमाणका आधारमा नेपालको अविभाज्य अङ्ग भएको उल्लेख गर्दै, नेपाललाई पन्छाएर गरिएको कुनै पनि सम्झौता अस्वीकार्य हुने चेतावनी दिए।

ओलीको भनाइ सार्वजनिक भएपछि भारतीय मिडियामा चर्को बहस सुरु भएको छ। कतिपय भारतीय सञ्चारमाध्यमले यसलाई चीन–नेपालबीचको ‘नजिकिन’ को संकेत भन्दै राजनीतिक रङ दिन खोजेका छन्। तर ओलीले भने चीनका उच्च अधिकारीहरूसँगको भेटमा पनि नेपाल आफ्नो सीमा सम्बन्धी विषयमा सम्झौता नगर्ने अडानमा रहेको स्पष्ट सन्देश दिएका छन्।

सन् २०१५ मा भारत–चीनबीच व्यापारिक प्रयोजनका लागि लिपुलेक प्रयोग गर्ने सहमति भएको बेला पनि ओली तत्कालीन प्रधानमन्त्रीको हैसियतमा विरोधमा उत्रिएका थिए। यसपटक चीन भ्रमणकै क्रममा उनले पुनः सोही अडान दोहोर्याएका छन्।

नेपालभित्र ओलीको यस स्पष्ट अभिव्यक्तिलाई व्यापक समर्थन मिलिरहेको छ भने भारतको मिडियाले यसलाई आक्रामक टिप्पणीका रूपमा चित्रण गरेको छ।


 

LEAVE A REPLY