
वाईसीएलको नेतृत्वमा पुष्प ओली र गणेश शाही सर्वसम्मत।


वाईसीएलको नेतृत्वमा पुष्प ओली र गणेश शाही सर्वसम्मत
काठमाडौं, जेष्ठ २३, २०८२ —
माओवादी केन्द्र अन्तर्गतको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्वमा नयाँ टोली सर्वसम्मत रूपमा चयन भएको छ। काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट पुष्प ओलीलाई अध्यक्ष र गणेश शाहीलाई महासचिवको जिम्मेवारी दिइएको हो।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाका अनुसार, सम्मेलनमा अध्यक्ष पदका लागि केयरसिंह कुँवर, कर्म पुलामी, नवराज ऐरलगायत केही आकांक्षी रहे पनि अन्ततः ओलीकै नाममा सहमति जुटेको हो।
वाईसीएल ४० वर्ष मुनिका युवाहरूको संगठन हो। सापकोटाले वाईसीएललाई अब एक जुझारु र अनुशासित संगठनको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिए। साथै, संगठनको भूमिकालाई माओवादी पार्टीको ‘सेफगार्ड’ का रूपमा पुनः परिभाषित गर्दै कार्यशैलीमा परिवर्तन गरिने पनि उनले बताए।