विदेशीसँग भिख मागेर बाँच्नुपर्ने व्यवस्था फाल्नुपर्छ-बिप्लप।

0
8

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक पटक देशको नेतृत्व गर्ने  जिम्मा आफुले लिन चाहेको  बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लवले नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेेको स्पष्ट पार्नु भयो।

अहिलेको पार्टीको एकता शुरुवाती संकेत  मात्रै भएको बताउदै उनलेे  आगामी दिनमा अझ एकताका अभियानहरु  बढ्दै जाने उनको भनाई थियो ।उनले देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गरे।

नेपाली नेताले विदेशमा टनाटन पैसा पठाएको आरोप पनि विप्लवले लगाए । विदेशीसँग भिख मागेर बाँच्नुपर्ने व्यवस्था फाल्नुपर्नेमा उनले जोड दिए । हालको व्यवस्था अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्दै भिख माग्ने प्रथा अन्त्य गर्नुपर्ने उनले बताए ।

‘नेपाल गरिब छ भनेर विभिन्न अन्तर्राष्ट्रिय फोरममा भाषण गर्ने, युवालाई विदेश लखेट्ने र विदेशीसामु नेपालीलाई केही पनि नभएका नागरिक भनेर चिनाउने गरिएको छ । त्यस्तो केही होइन । नेपालीसँग आफ्नै घर छ, आफ्नै खेतबारी छ । अरू युरोपियन, अमेरिकन, पूर्वी एसियाका मान्छेसँग यति पनि छैन । नेपालले गर्न सके भिख माग्नुपर्ने अवस्था अन्त्य हुन्छ,’ उनले भने ।

LEAVE A REPLY